तेह्र विशिष्ट साधकलाई ‘सापस स्वर्ण महोत्सव सम्मान’ गरिँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवका अवसरमा साहित्य र कला क्षेत्रका तेह्र विशिष्ट साधकलाई ‘सापस स्वर्ण महोत्सव सम्मान’ प्रदान गर्ने भएको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । संघका अनुसार यही साउन २९ गते सो सम्मान अर्पण गरिनेछ ।

मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी.आर. उपाध्यायलाई सो सम्मान प्रदान गरिनेछ ।

साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक तथा प्रमोद प्रधान र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहेको समितिले गरेको सिफारिसका आधारमा सापसका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि संघले गत साउन १३ गते डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?