काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा शुरुदेखि नै स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिनु भएको छ ।
साहलाई एमालेका उम्मेदवार केशव स्थापितले पच्छ्याई रहनुभएको छ । पछिल्लो विवरण अनुसार स्थापितले बालेनसँगको मतान्तर घटाउँदै लैजानु भएको छ ।
३ हजार ४९ मतगणना हुँदा साहले ९८० मत प्राप्त गर्दै अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी केशव स्थापितले ८ सय मत प्राप्त गर्नुभएको छ । यसअघि २१८ मतान्तर भएको स्थापितको अहिले बालेनसँग मतान्तर १८० मतमा झरेको छ ।
यस्तै सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरतर्फ सुनिता डंगोलले सबैभन्दा धेरै ९२० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत ल्याउनु भएको छ । राप्रपा उम्मेदवारले २०८ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृतकाअनुसार अहिले काठमाडौंमा पाँच वटा बडाको निरन्तर मतगणना भइरहेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं