काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा शुरुदेखि नै स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिनु भएको छ ।
साहलाई एमालेका उम्मेदवार केशव स्थापितले पच्छ्याई रहनुभएको छ । पछिल्लो विवरण अनुसार स्थापितले बालेनसँगको मतान्तर घटाउँदै लैजानु भएको छ ।
३ हजार ४९ मतगणना हुँदा साहले ९८० मत प्राप्त गर्दै अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी केशव स्थापितले ८ सय मत प्राप्त गर्नुभएको छ । यसअघि २१८ मतान्तर भएको स्थापितको अहिले बालेनसँग मतान्तर १८० मतमा झरेको छ ।
यस्तै सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरतर्फ सुनिता डंगोलले सबैभन्दा धेरै ९२० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत ल्याउनु भएको छ । राप्रपा उम्मेदवारले २०८ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृतकाअनुसार अहिले काठमाडौंमा पाँच वटा बडाको निरन्तर मतगणना भइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच