आर्सनलमाथि टोटनहमको सान

Read Time = 3 mins

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनहम हट्सपरले आर्सनलमाथि सानदार जित हात पारेको छ । फरवार्ड हृयारी केनको दुई तथा हृयुङ मिन सनको एक गोलको मद्दतमा टोटनहमले जित हात पारेको हो । खेलको २२औँ मिनेटमा हृयारी केनको पेनाल्टी गोलबाट टोटनहमले सुरुवाती अग्रता बनाएको थियो । ३३औँ मिनेटमा आर्सनलका रोव होल्डिङ दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । त्यसको फाइदा उठाउँदै टोटनहमले दुई गोल थप्यो ।

३७औँ मिनेटमा हृयारी केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्नुभयो । दोस्रो हाफको सुरुमै ४७औँ मिनेटमा हृयुङ मिन सनले गोल गर्दै टोटनहमलाई ३-० को जित दिलाउनुभयो । त्यसपछि भने आर्सनल रक्षात्मकरूपमा खेलमा फर्किएको थियो ।
टोटनहमको जितसँगै शीर्ष चारको दौड थप रोचक बनेको छ । पाँचौँ स्थानमा रहेको टोटनहमको ३६ खेलबाट ६५ अंक पुगेको छ । टोटनहमसँग हार बेहोरेको आर्सनलको ६६ अंक छ ।

सिटीलाई जरिवाना
युइएफएले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । युइएफएले सिटीलाई १४ हजार युरो जरिवाना तिराएको हो । च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलमा खेल भावना विपरीत अनुचित व्यवहार देखाएको भन्दै सिटीलाई कारबाही गरिएको हो ।

गत महिना क्वाटरफाइनलअन्तर्गतको दोस्रो लिगमा सिटीका खेलाडीहरूले विपक्षी टिमका खेलाडीलाई अनुचित व्यवहार गरेका थिए । सिटीका फिल फोडेनलाई फउल गरेपछि एट्लेटिकोका डिफेन्डर फिलिपे रातो कार्ड खाँदै मैदान बाहिर निस्कनेक्रममा दुवै टिमका खेलाडी र कोचिङ स्टाफहरू झगडामा उत्रिएका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?