मृत भेटिनुभयो अभिनेत्री सहाना

Read Time = 1 min

एजेन्सी । मोडल तथा मलयालम अभिनेत्री सहाना मृत अवस्थामा भेटिनुभएको छ । मिडिया रिपोर्टका अनुसार उहाँ घरकै बाथरुमा मृत भेटिनु भएको हो ।

उहाँले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गर्नुभएको थियो । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोपसमेत लगाउनुभएको छ । उहाँको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको छ ।

सहानाको आमाले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै उहाको हत्या भएको दाबी गर्नुभएको छ । छोरीले श्रीमानले आफूलाई कुट्ने र खाना पनि नदिने गरेको गुनासो गर्दै आएको बताउनुभएको छ । सहाना कोजिकोडमा बस्दै आउनुभएको थियो । सहाना र सज्जादको विवाह डेढ वर्ष अगाडि भएको थियो ।

केहीअगाडि उहाँ आफु घरेलु हिंसाको सिकार भएको विषयमा उजुरी दर्ता गराउने तयारीमा हुनुहुन्थ्यो । तर पति सज्जादको साथीहरूले सम्झाएको कारण उहाँ रोकिनुभएको थियो । हालै सहानाले एक चलचित्रमा काम गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?