एजेन्सी । मोडल तथा मलयालम अभिनेत्री सहाना मृत अवस्थामा भेटिनुभएको छ । मिडिया रिपोर्टका अनुसार उहाँ घरकै बाथरुमा मृत भेटिनु भएको हो ।
उहाँले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गर्नुभएको थियो । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोपसमेत लगाउनुभएको छ । उहाँको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको छ ।
सहानाको आमाले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै उहाको हत्या भएको दाबी गर्नुभएको छ । छोरीले श्रीमानले आफूलाई कुट्ने र खाना पनि नदिने गरेको गुनासो गर्दै आएको बताउनुभएको छ । सहाना कोजिकोडमा बस्दै आउनुभएको थियो । सहाना र सज्जादको विवाह डेढ वर्ष अगाडि भएको थियो ।
केहीअगाडि उहाँ आफु घरेलु हिंसाको सिकार भएको विषयमा उजुरी दर्ता गराउने तयारीमा हुनुहुन्थ्यो । तर पति सज्जादको साथीहरूले सम्झाएको कारण उहाँ रोकिनुभएको थियो । हालै सहानाले एक चलचित्रमा काम गर्नुभएको थियो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध