रुसद्वारा फिनल्याण्डलाई दिने विद्युत आपूर्ति बन्द

Read Time = 2 mins

मस्को । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ ।

कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ । फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिङग्रिड ओयजले पनि एक तथ्यांकमा सो कुराको पुष्टि गरेको छ ।

कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रूसबाट आयात गरिएको बिजुलीको थप प्रत्यक्ष वा द्विपक्षीय बिक्री अर्को सूचना नभएसम्म रोकिनेछ ।

धेरै वर्षदेखि रूसबाट फिनल्याण्डमा बिजुली आयात हुँदै आएको छ र यसलाई नोर्ड पुल एक्सचेन्जमा बेच्दै आएको छ । यो अवस्था असाधारण छ र हाम्रो व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको हो, कम्पनीले भन्यो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?