-डम्मर बुढा मगर
निसीखोला । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा मगर र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी हुनुभएको छ ।
अध्यक्ष बुढा मगरले प्रतिद्वन्द्वी माओवदाी केन्द्रका देवबहादुर पुनलाई ७१२ मतान्तरले पराजित गर्नुभएको हो । बुढा मगरले २७०७, पुनले १९९५ र नेकपा एमालेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गर्नुभयो ।
कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित छन्त्यालले उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मतान्तरले पराजित गर्नुभयो । छन्त्यालले २७६८ र रसाइलीले १९५८ प्राप्त गरेको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लाल प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
गाउँपालिका वडा नम्बर १, २ र ४ मा माओवादी केन्द्र र वडा नम्बर ३, ५ र ६ मा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा विजयी हाँसिल गरेको एमाले यस पटक क्लीन स्वीप भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल