काठमाडौं । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ ।
यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो ।
सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको आायात कम गर्न सकिने भएकाले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ ।
तर निजी विद्यालयहरुले भने यसको बिरोध गर्दै आएका छन् । विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरुले विद्यालय बन्द नगर्ने बताइसकेका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल