काठमाडौं । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ ।
यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो ।
सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको आायात कम गर्न सकिने भएकाले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ ।
तर निजी विद्यालयहरुले भने यसको बिरोध गर्दै आएका छन् । विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरुले विद्यालय बन्द नगर्ने बताइसकेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर