इलाम । इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकीकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार भएका थिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ण लावती वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । लावतीले ८५३ मत पाउनु भएको छ। उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका मोती फागोले ५२७ मत प्राप्त गर्नुभएको छ ।
लावतीले यसअघि पनि सोही पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो। खुल्ला सदस्यमा समरध्वज तामाङ्ग र लाल बहादुर चाम्लिङ राई विजयी हुनुभएको छ । महिला सदस्यमा राम कुमारी राई र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्मा विजयी हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच