इयुका अनुवादकको पेशा कसले धराशायी बनायो ?

Read Time = 14 mins

✍️ अनुवादक : नारायणप्रसाद घिमिरे

स्वचालन (अटोमेसन) प्रविधि युरोपियन युनियनका संस्थाहरूमा यसरी भित्रिँदै छ कि अनुवादकहरू यसकोे सुरुवातमै आक्रमणमा परेका छन् । - ग्रेगोरियो सोर्गी र फेडेरिका डि सारियो ।

युरोपियन युनियनको केन्द्रीय कार्यालय ब्रसेल्सको चलायमान अनुवाद व्यवसाय यतिखेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहिलो घानमा परेको छ । उच्च प्रविधियुक्त मेसिनले इयुको कर्मचारीतन्त्रका ‘जार्गन’ सहजै बुझ्न र तीव्र गतिमा कार्यसम्पादन गर्न थालेपछि इयुमा काम गर्ने सयौं अनुवादकहरू प्रतिस्थापित भएका छन्, साथै ब्रसेल्सका बहुभाषी संस्थाका ठूल्ठूला र पुराना विभाग खुम्चिँदै छन् । यो त केवल सुरुवातमात्र हुनसक्छ किनकि एआईका अनेक उपकरणले अझ धेरै मानिसको प्रतिस्थापन गर्ने सामथ्र्य राख्छन् ।

अनुवादकहरू इयुको बृहद् संयन्त्रका अत्यावश्यक पाटपूर्जा नै हुन् किनकि इयुका हरेक औपचारिक विषय कार्यान्वयन गर्नुअघि यसका चौबीस ओटा कामकाजका भाषामा अनुवाद गर्नैपर्छ । केही वर्षअघिसम्म यो कठिन काम केवल मान्छेले मात्र गर्दै आएको थियो तर अब त खोइ ? इयुको कार्यकारी निकाय युरोपियन आयोगको तथ्याङ्कअनुसार जब यसले मेसिन अनुवाद अपनायो गत दशकमा यसको अनुवाद एकाइ १७ प्रतिशतले खुम्चियो । इयुमा अनुवाद गरी जिन्दगी चलाउनेहरू अतीत सम्झेर कता–कता उदास हुन्छन्–पुराना शब्दकोषका पाना पल्टाउँदा अनि गह्रुँगा दस्तावेज टाइप गर्दा घण्टौं बित्थ्यो ।

इयुका कार्यकारीको प्रवक्ताका अनुसार आयोगका अनुवादकको कार्यभार सन् २०१३ देखि २०२२ सम्म करिब बीस लाख पेजबाट पच्चीस लाख पेज पुगेको थियो । २०१३ मा डाटा सञ्चालित इञ्जिन जडान गरियो, जुन चार वर्षमै अत्याधुनिक र उच्च कार्यसम्पादन गर्ने अनुवाद प्रणालीले प्रतिस्थापित भइहाल्यो ।

प्रविधिले समय वचत गर्छ, वरिष्ठ अनुवादक मार्कुस फोटी भन्छन् । उनी अहिले आयोगको मेसिन अनुवाद महाशाखाका प्रमुख छन् । ‘सन् १९९९ वा त्यस्तै कुनै समय मैले स्थानीय पुस्तकालयमा हिँडेर जाने समय अनि सही अनुच्छेदको खोजी गर्ने र टाइप गर्ने गरेको समय अहिले वास्तविक अनुवादमा लगाउन सकिन्छ’, उनले पोलिटिकोलाई बताए । तर, अनुवादकहरू उनीहरूको पेशाको अवसानबारे बढाइचढाइ भएको जिकिर गर्छन् ।

यो काम एआई अनुकुलनहुँदै गए पनि, मानवीय तत्व भने बाँकी नै हुन्छ, उनीहरू भन्छन् । ‘संसार परिवर्तनशील छ । अनुवादलाई अपवाद मान्न सकिन्न’, आयोगका पूर्वअधिकारी स्पाइरिडोन पिलोसले बताए । पिलोसले नै सन् २०१३ मा अनुवाद इन्जिनको सुरुवाती कार्यान्वयनको रेखदेख गरेका थिए । ‘मेसिन अनुवादले अनुवादकलाई सहयोग गर्छ तर प्रतिस्थान गर्दैन । मेसिन अनुवादलाई मान्यता दिन, प्रमाणित गर्न मानवीय विज्ञता आवश्यक पर्छ’, उनले थपे ।

अनुवाद कसरी डिजिटल भयो ?
जब सन् २००० को दशकको सुरुमा इयुमा नयाँ सदस्य राष्ट्र थपिए, त्यसपछि इयुले औपचारिक भाषाको संख्या २४ पुर्‍यायो । अनुवाद गर्नुपर्ने सामग्रीको संख्या हृवात्तै बढेपछि इयुले अझ प्रभावकारी अनुवादन उपकरण विकास ग¥यो । पूर्वी युरोपबाट संलग्न नयाँ सदस्य राष्ट्रका भाषाहरूमा काम गर्नका लागि पुरानो अनुवाद प्रणाली काम नलाग्ने भएकाले आयोगले यसलाई व्यवस्थित बनाउन बाध्य भयो । ‘त्यो नियममा आधारित प्रणाली थियो जहाँ तपाईले शब्दकोष निर्माण गर्ने, व्याकरणीय नियम तयार पार्ने र रूपान्तरणको ढाँचा बनाउनुपथ्र्यो । त्यसैले, यो काम निकै झन्झटिलो थियो, निक्कै परिश्रम जरुरत थियो’, आयोगको अनुवाद इकाइका इन्फर्मेटिक्स प्रमुख डाइटर रुमेल भन्छन् ।

इयुका कार्यकारीको प्रवक्ताका अनुसार आयोगका अनुवादकको कार्यभार सन् २०१३ देखि सन् २०२२ सम्म करिब बीस लाख पेजबाट पच्चीस लाख पेज पुगेको थियो । सन् २०१३ मा डाटा सञ्चालित इञ्जिन जडान गरियो, जुन चार वर्षमै अत्याधुनिक र उच्च कार्यसम्पादन गर्ने अनुवाद प्रणालीले प्रतिस्थापित भइहाल्यो । यो प्रणालीले आफ्नो संयन्त्रमा आर्टिफिसियल न्युरल नेटवर्क अर्थात् कम्प्युटर नोडको प्रयोग गर्छ, जसले एकपछि अर्को शब्दको क्रम निर्धारण गर्न न्युरोनको नक्कल गर्छ । यस्ता अत्याधुनिक संयन्त्र पैसाका हिसाबले निकै महत्वपूर्ण छन्, किनकि यिनीहरूले थोरै कर्मचारीबाट पनि इयुका कैयौं विधायनको अनुवाद फत्ते गरिदिन्छन् तर अनुवादकहरूका लागि भने यसले धेरै घाटा लगाएको छ ।

इयुका कार्यकारीका अनुसार, अनुवाद कार्यमा खटिने आयोगका स्थायी कर्मचारीहरूको युनिट जसलाई ब्रसेल्समा ‘डिजिटी’ भनेर चिनिन्छ, त्यो भने सन् २०१३ मा २ हजार ४५० थियो जुन २०२३ मा आइपुग्दा २ हजारमा झ¥यो । सोही अवधिमा, मानसिक स्वास्थ्य र शारीरिक दुर्बलताका विषय धेरै नै बढेको जानकारी दिन्छन् इयुका कर्मचारी ट्रेड युनियनका सभापति क्रिश्चियानो सेवास्टियनी । उनका अनुसार बढ्दो कार्यभार र कामको दबाबका कारण यस्तो भएको हो । गत दशकमा कार्यालयभन्दा बाहिरबाट काम गराउने (आउटसोर्सिङ) प्रक्रिया पनि बढेर गयो । सन् २०१३ मा डिजिटीको २६ प्रतिशत आउटसोर्सिङ हुने गरेकोमा सन् २०२३ को प्रथम त्रैमासिकमा आइपुग्दा यो बढेर ३६ प्रतिशत पुग्यो । यसबाट आयोगले अनुवादका लागि आउटसोर्सिङ पनि निक्कै बढाएको देखिन्छ ।

आयोगले अनुवादका लागि गरेको खर्च हेर्दा, सन् २०१२ मा २६.५ मिलियन युरो रहेकोमा सन् २०२३ मा ३८.८ मिलियन युरो पुगेको देखिन्छ । यो बढोत्तरीका पछाडि आउटसोर्सिङ्कै भूमिका छ । आउटसोर्सिङ्का लागि यस्तो बजेट सन् २०१२ मा १२.६ मिलियन थियो भने सन् २०२२ मा २०.४ मिलियन युरो पुग्यो । सोवास्टियनी भन्छन्, ‘बहुभाषिकताको रक्षा गर्नु चानचुने संघर्ष होइन किनकि यो धेरै महँगो काम हो ।’ उनको विश्वास छ अनुवादको पेशामा कटौती इयुको बहुभाषिकतामाथिको चुनौती हो भने अंग्रेजी भाषालाई फाइदा हो ।

तर, डब्लिन सिटी विश्वविद्यालयका अनुवाद विषयका माष्टर कार्यक्रम प्रमुख शैला क्यास्टिलो भन्छिन्, ‘कम चर्चित (साझा) भाषाहरूमा विज्ञता हासिल गर्ने अनुवादकले भने आयोगमा सहजै प्रवेश पाउन सक्छन् किनकि निकै कम बोलिने भाषामा प्रतिस्पर्धा पनि कम नै हुन्छ । आइरिस विद्यार्थीलाई डिजिटिबाट थुप्रै कामको लागि प्रस्ताव आउँछ’, क्यास्टिलो भन्छिन् । उनलाई विद्यार्थी पठाइदिनका लागि आयोगले प्राय अनुरोध गरिरहन्छ ।

एआईपछिको जिन्दगी :
असन्तुष्ट युवा अनुवादकहरू भने उनीहरू स्वचालन (अटोमेसन) को मारमा परेको गुनासो गर्छन्, किनकि आयोगमा कार्यभार बढे पनि नव प्रवेशीका लागि भने थोरै काम छन् । उनीहरू यो पनि बताउँछन् कि नयाँ भर्ना गर्नेको संख्याभन्दा निवृत्त हुनेको संख्या धेरै छ । त्यसैले अघिल्लो पुस्ताभन्दा अहिलेका लागि अवसर कम छन् । इयुको कार्यकारीका अनुसार सन् २०१३ मा नयाँ अनुवादकको वार्षिक भर्ना संख्या ११२ थियो भने अहिले २०२२ मा आइपुग्दा घटेर ५९ भएको छ । इयुमा अनुवादकको जागिर खोज्दै गरेका कतिपय मानिसहरूले त सोसल मिडियामार्फत नै ब्रसेल्सका संस्थाहरूमा जागिर पाउन निकै संघर्ष गर्नुपरेको गुनासो पोखेका छन् ।

इयुका अनुवादकहरू यतिखेर उनीहरूको दैनिकी भनेको गल्ती पत्तालगाउने र मेसिनले अनुवाद गरेको इयुका भाषणसँग आफूलाई बानी पार्ने हो भनी जोड दिन्छन् । अनुवादककै शब्दमा यसलाई ‘पोष्ट एडिटिङ्’ (उत्तर सम्पादन) भनिन्छ र यो कामको अभिन्न पाटो बन्दैछ ।

‘यस्तो लाग्छ कि अनुवाद, भाषिक सहायता, प्रुफरिडिङ्का लागि कहिल्यै कुनै आवश्यकता नै छैन’, इयुमा अनुवादकको जागिर खोज्दै गरेका एकजनाले बेनामे तरिकाले फेसबुकमा पोष्ट लेखे । इयुको अनुवाद पेशाका तमाम विषय निराशाजनक भएका भने होइनन् किनभने संवेदनशील कार्यका लागि त मानिस अझै पनि चाहिन्छ । पिलोसको जोड छ, जब महत्वपूर्ण दस्तावेजको कुरा आउँछ अन्तिम निर्णय त अनुवादक आफैंको हुन्छ, र कस्तो नतिजा निस्कन्छ भन्ने कुराप्रति ऊ जवाफदेह हुन्छ । ‘कुनै आकस्मिक भाषणका लागि मान्छेकै खोजी हुन्छ जसले उचित तबरले अनुवाद गर्छन् किनकि यो संवेदनशील हुन्छ । यो गोप्य रहन्छ ।’

इयुका अनुवादकहरू यतिखेर उनीहरूको दैनिकी भनेको गल्ती पत्ता लगाउने र मेसिनले अनुवाद गरेको इयुका भाषणसँग आफूलाई बानी पार्ने हो भनी जोड दिन्छन् । अनुवादककै शब्दमा यसलाई ‘पोष्ट एडिटिङ्’ (उत्तर सम्पादन) भनिन्छ र यो कामको अभिन्न पाटो बन्दैछ । ‘मलाई अब जीवनको बाँकि समय सायद अनुवाद गर्दिन होला भन्ने लागिसक्यो’, काउन्सिलका युवा अनुवादकले आफ्नो परिचय नखुलाउने शर्त राख्दै बताइन् किनकि उनलाई मिडियामा बोल्ने अधिकार छैन । उनका अनुसार ‘पोष्ट एडिटिङ्’ नै अब उनको भविष्यको काम हुनेछ । इयुको अनुवाद व्यवसाय बाहिरका मार्केटिङ फर्मले पनि लक्षित दर्शक तथा श्रोताका लागि सूचना सामग्री तयार गर्न ट्रान्सक्रियटरको खोजी गर्न थालेका छन् ।

इयुले सोसल मिडियाको प्रयोग बढाएकाले पनि अनुवादकहरू यसले अवसर सिजर्ना गर्छ भन्ने आशमा छन् । ‘सोसल मिडियामा इयुका धेरैजसो आधिकारिक अकाउन्ट अंगे्रेजीमा छन् तर यसको मतलब हुनसक्छ यसमा हरेकले अपनत्व महसुस गर्दैनन्’, काउन्सिल अनुवादक भन्छन् । ‘मलाई आश्चर्य लाग्छ यसले हाम्रो पेशा कसरी परिवर्तन गर्नेछ ।’ (स्रोत : पोलिटिकोडटइयू, मे १२, २०२३)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?