यी हुन् राप्रपाले अहिलेसम्म जितेका १८ वडाध्यक्ष र स्थान

Read Time = 3 mins

काठमाडौं । स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

यी हुन् विजयी वडाध्यक्ष

१ चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी।
२ नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी ।
३ नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी।
४ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी ।
५ कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी ।
६ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी।
७ रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित ।
८ चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित ।
९ सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित
१० नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित ।
११ डोटीको केआईसिंह गाउँपालिका–७ को वडाध्यक्षमा दिलबहादुर बलायर विजयी ।
१२ बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट विजयी ।
१३ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की विजयी ।
१४ धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी ।
१५ रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल बिजयी ।
१६ कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा बिक्रम चन्द विजयी ।
१७ धादिङको खनियाबास–२ को वडाध्यक्षमा अरुण तामाङ विजयी ।
१८ रुपन्देहीको सियारी गाउँपालिका–१ को वडाध्ध्यक्षमा अरुण शाही विजयी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?