मत सदर-बदरको विवादले भरतपुरमा मतगणना रोकियो

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। नेकपा एमालेका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएको बताइएको छ।

'मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र हो,' एमाले प्रतिनिधिहरुले आरोप लगाए।
वडा नं २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर भनिएपछि मतगणनामा विवाद भएको बताइएको छ ।

मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?