गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली अपग्रेड

Read Time = 2 mins

काठमाडौं । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । सोअन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटलरूपमै राख्न सक्ने व्यवस्था गरेको हो ।

उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बिमा तथा डिएचआइएस-२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषता पनि कार्यान्वयनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्य बिमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बिमामा आबद्व बिरामीको इलिजिविलिटी अर्थात् बाँकी बिमा सुविधा रकम हेर्ने सकिने र बिमा दाबी पनि इएमआर सफ्टवेयरमार्फत् डिजिटलरूपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ ।

त्यस्तै अस्पतालले बिरामीको सहजताका लागि अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ । उल्लेखित सेवाहरू गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्युट र अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरिरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?