काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाउनु भएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गर्नुभएको छ । यो मत उहाँको निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएको एकीकृत समाजवादी०का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुणाभन्दा बढी हो ।
एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिनुभएको हो ।
यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :