उपेन्द्र यादवले आज सांसद पदको शपथ लिँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज प्रतिनिधि सभा सदस्यको शपथ लिने हुनुभएको छ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट विजयी हुनुभएका यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लाग्नुभएको हो ।

यादवको शपथ दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

वैशाख १० गते भएको उपनिर्वाचनबाटै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार नै प्रतिनिधि सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?