पाल्पाको १४ एमाले, १३ काँंग्रेस र १ वडामा माओवादी विजयी

Read Time = 10 mins

-रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म २७ वटा वडाको मत गणना सकिएको छ ।

जसमा १४ वटा वडामा एमाले, १३ वटा वडामा काँग्रेस र एक वडामा माओवादी केन्द्र विजयी भएका छन् । १ वडाको परिणाम भने स्थगित भएको छ । नेकपा एमालेले पूर्वखोला गाउँपालिकामा ४ वडा, निस्दी गाउँपालिकाकामा २ वडा, रामपुर नगरपालिकामा १ वडा, माथागढी गाउँपालिकामा २ वडा, तिनाउ गाउँपालिकामा ३ वडा, रिव्दीकोट गाउँपालिकामा १ वडा, रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ । नेपाली काँग्रेसले तानसेन नगरपालिकामा ४ वडा, माथागढी गाउँपालिकामा ३ वडा, रामपुर नगरपालिकामा ३ वडा, बगनासकाली गाउँपालिकामा १ वडा, तिनाउ गाउँपालिकामा १ वडा र रैनादेवीछहरा गाउँपालिकामा १ वडा विजय हासिल गरेको छ । नेकपा माओवादीले रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ ।

यो समाचार तयार पर्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । रामपुर नगरपालिका –१ मा काँग्रेसको प्यानलै विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार कपिल बहादुर खाँणको प्यानल विजयी भएको हो । उहाँले ९ सय ४७ मत ल्याउनुभयो भने उहाँका निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका मिन बहादुर खाँणले ७ सय ५१ मत प्राप्त गर्नुभयो । यहाँ काँग्रेसका नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले ८ सय ९२, एमालेका नगर प्रमुखका उम्मेदवार शिव अर्यालले ८ सय २, काँग्रेसका उपप्रमुखका उम्मेदवार बालकुमारी थापाले ८ सय ९४, एमालेका उपप्रमुखका उम्मेदवार दुर्गा देवि रानाले ८ सय २, राप्रपाका मेयरका उम्मेदवार राजेन्द्र ढकालले १ र स्वतन्त्रका उम्मेदवार प्रेम प्रकाश श्रेष्ठले २ मत प्राप्त गरर्नुभएको छ ।

यस्तै रामपुर नगरपालिका-२ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कृष्ण बहादुर दर्जी सहितको प्यानल विजयी भएको छ । दर्जीले ९ सय ९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटत्म प्रतिद्धन्द्धी कृष्णबहादुर थापाले ४ सय १५ मत प्राप्त गर्नुभयो ।

रामपुर नगरपालिका -९ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । रानाले ७ सय ६८ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटत्म प्रतिद्धन्द्धी एमालेका नेत्र गाहाले ६ सय ८६ मत प्राप्त गर्नुभयो । महिला, दलित महिला र खुल्ला सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ । यहाँ २०७४ को निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको थियो । यहाँ काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले ७ सय ५७, एमालेका शिव अर्यालले ६ सय ९३, उपमेयरका प्रत्यासी काँग्रेसका बालकुमारी थापाले ७ सय ५४, एमालेकी दुर्गा देवी रानाले ६ सय ९५ मत प्राप्त गरेको जनाइएको छ । यस्तै रामपुर नगरपालिका– १० मा नेकपा एमालेका तोयानाथ सारुको प्यानलै विजयी भएको छ । विजयी सारुले १ हजार ३ सय ६८ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी काँग्रेसका विजय रानाले १ हजार २ सय ५६ मत ल्याउनुभयो ।

यस्तै तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको-१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी हुनुभएको छ । बस्यालले ९ सय १४ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका खडानन्द न्यौपानेले ५ सय ९० मत ल्याउनुभयो । बस्यालसहित महिला, दलित महिला र खुल्ला सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । यहाँ गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बने काँग्रेसका सन्तोषलाल श्रेष्ठले ७ सय ५२ मत ल्याए भनेनेकपा एमालेका धनेन्द्रराज घिमिरेले ७ सय ३ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ६ सय ३८ मत ल्याईन्भने एमालेबाट शशी श्रेष्ठले ७ सय ४७ मत ल्याउनुभयो ।
यस्तै तानसेन नगरपालिका –२ मा नेपाली काँग्रेसका महेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ६ सय ५८ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका मदनलाल बज्राचार्यले २ सय ७३ मत ल्याउनुभयो ।

तानसेन नगरपालिका-३ मा पनि गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ काँग्रेसका बाबुरत्न शाक्यसहितको प्यानलै विजयी भएको हो । तानसेन-४ मा नेपाली काँग्रेसका हेमन्तराज शाक्य सहितको प्यानल विजयी भएको छ । तानसेनमा चार वटा वडाको मत गणना हुँदासम्म नगर प्रमुखमा नेपाली काँग्रेसका सन्तोष लाल श्रेष्ठले २ हजार ६ सय ७८,नेकपा एमालेका धनेन्द्र राज घिमिरेले १ हजार ८ सय ६४, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले २ हजार ३ सय ९५ र नेकपा एमालेकी शशी श्रेष्ठले २ हजार १८ मत ल्याएको मुख्य निर्वाचन कार्यालय तानसेनले जनाएको छ ।

यस्तै माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।माथागढी गाउँपालिका– ६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । युबबहादुर ठाडाको प्यानल विजयी भएको हो । ठाडाले ६ सय ८२ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी एमालेका सन्तोष भट्टराईले ४ सय ४४ मत ल्याउनुभयो । वडा नं ७ रहवासमा पनि काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसका जंगबहादुर दर्लामीले ५ सय ७५ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी एमालेका नेत्रप्रसाद थापाले ४ सय ७० मत ल्याउनुभएको छ ।

यस्तै माथागढी गाउँपालिका-८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याउनुभयो । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ । बहादुरपुरबाट काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याउनुभयो । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याउनुभएको छ ।

माथागढी-१ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजकुमार पन्थीले ९ सय ७० मत ल्याई वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी काँग्रेसका महेन्द्रबहादुर जिसीले ७ सय ४९ मत ल्याउनुभयो । यहाँ यसअघिका निर्वाचनमा नेपाली काँग्रेसले विजयी प्राप्त गर्दै आएको थियो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?