काठमाडौं । फेरी प्रथामा आधारित ‘जोगी’ उत्कृष्ट डकुमेन्ट्री बनेको छ । दयाराम घिमिरे निर्देशित डकुमेन्ट्री फिल्म ‘जोगी : द गड अफ नाइट’ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको हो । फिल्मले एक साताभित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड तथा भुटानको डुक इन्टरनेशनल फिल्म अवार्ड हात परेको छ । दक्षिण भारतको पुन्डुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेस्टिभलमा यो फिल्म उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बनेको हो । विश्वभरबाट आएका फिल्महरूलाई पछि पार्दै नेपालबाट गएको यो डकुमेन्ट्री उत्कृष्ट बनेको हो ।
भुटानमा आयोजना भएको डुक इन्टरनेशनल फिल्म फेष्टिभलमा पनि ‘जोगी : द गड अफ नाइट’ले आउटष्ट्यान्डिङ अचिभमेन्ट अवार्ड जितेको हो । नेपाली संस्कृति बोकेको वृत्तचित्रले यसरी अवार्ड जित्नु नेपाल र नेपालीहरूका लागि गर्वको कुरा भएको निर्देशक घिमिरेले बताउनुभयो ।
संखुवासभा र धरानमा छायांकन गरिएको यस वृत्तचित्रमा फेरी लगाउँदै हिँड्ने ओमनाथ जोगीलाई फिचर गरिएको छ भने निर्माण दयाराम घिमिरे र हरि उप्रेतीले गर्नुभएको हो । नेपालका विभिन्न स्थानमा अझै फेरी प्रथा छ । साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमी शंख बजाई फेरी लगाउने गर्छन । यसै विषयमा निर्माण भएको डकुमेन्ट्री हो जोगी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच