काठमाडौं । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौं घाइते भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।
जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटरसम्म हिमपात भएको छ ।
हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच