एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ । क्यान्स २०२२ मा जाने तयारीमा रहनुभएका उहाँको परीक्षण गर्दा कोभिड १९ रिपोर्ट पोजेटिभ आएको हो ।
२०७७ साल चैत महिनामा पनि उहाँमा कोरोना देखिएको थियो । त्यसबेला उहाँलाई अस्पताल नै भर्ना गरिएको थियो । हाल भने उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ ।
पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस संक्रमण बढिरहेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार थप २ हजार ८५८ जनामा संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भएको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :