पाटाको सचिवमा पर्यटन व्यवसायी पाण्डे निर्वाचित

Read Time = 1 min
A A- A+

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को सचिव तथा कोषाध्यक्ष पदमा नेपाली व्यवसायी सुमन पाण्डे पुनः निर्वाचित हुनुभएको छ । पाटाको ७१औँ वार्षिक साधारणसभाले पाण्डेलाई दोस्रो कार्यकालका लागि सोही पदमा निर्विरोध निर्वाचित गरेको हो ।

पाटाको नयाँ कार्यसमिति अध्यक्षमा ब्रिटिस नागरिक पिटर सिमोन र उपाध्यक्षमा ताइवानका बेन लिआवो निर्वाचित हुनुभएको छ । पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्षसमेत रहनुभएका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायत पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?