वरिष्ठ नर्स श्रेष्ठलाई नर्सिङ अवार्ड

Read Time = 3 mins

काठमाडौं । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिङ्गल नर्सिङ अवार्ड २०७७ बाट सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रालि, एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्भिसेसले संयुक्तरूपमा श्रेष्ठलाई ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरेका हुन् ।

पहिलोपटक श्रेष्ठलाई यस्तो अवार्ड प्रदान गरिएको बताइएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई अवार्डसहित सम्मान गर्नुभएको छ । वरिष्ठ नर्स श्रेष्ठ हाल त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटल महाराजगञ्जमा नर्सिङ प्रमुखका रूपमा आइसियु विभागमा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान महत्वपूर्ण रहेको भन्दै सम्मानले सम्पूर्ण नर्सलाई आफ्नो कार्यक्षेत्रमा अझ बढी हौसला मिल्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोरोना महामारीका बेला नर्सहरूको योगदानको स्मरण गर्दै सम्मानले कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने बताउनुभयो । वरिष्ठ नर्स श्रेष्ठले सम्मानबापत प्राप्त रकम आइसियुमा उपचारार्थ गरिब बिरामीलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

१२ वर्षअघि डा. विशाल ढकालले स्थापना गर्नुभएको हेल्थ एट होमले घर-घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने एनसिसिडिएफले सघन चिकित्सालाई सर्वसुलभ बनाउन देशव्यापीरूपमा कार्यशाला, गोष्ठी, तालिम सञ्चालन गर्दै आएको छ । नेपाल भेन्टिलेटर्स सर्भिसेसले नेपालमा सघन चिकित्साका उपकरण सहजै उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?