प्रधानमन्त्री देउवाद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

Read Time = 4 mins

भैरहवा । प्रधानमन्त्री शेरबहादुर  देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर नयाँ विमानस्थलमा आयोजित कार्यक्रममार्फत उहाँले विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

यसभन्दा अगाडी बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको थियो । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०-२३३ विमानले सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो ।

यसअघि बुधबार भारतको दिल्लीबाट अन्तर्राष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको तीन दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा तीन दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउँदै लैजाने बताइएको छ ।

पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान नागरिक उड्डयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उड्डयनका महानिर्देशक प्रदिप अधिकारीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?