ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जैसी विजयी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लालकेश जैसी निर्वाचीत हुनु भएको छ । अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका जैसीले एक हजार ८ सय १० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभएको हो ।
यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी हुनु भएको छ । कांग्रेसका उपाध्यक्ष पदमा निर्वाचित थापाले एक हजार ३ सय १० मत प्राप्त गरेर विजयी भएका हुन भने उहाँका प्रतिद्वन्द्वीमा एमालेका रुपचन्द्र ऐडीले ४७७ मत प्राप्त गरेका हुन् । उनीहरू दुवै जना गठबन्धन दलबाट निर्वाचित भएका हुन् ।
उक्त गाउँपालिकाको वडाध्यक्षमा क्रमशः माओवादी केन्द्रको १ बाट मनलाल रिठाल, २ बाट अजवीर खटिक, ३ बाट एमालेका राजेन्द्र शाही, ४ मा माओवादी केन्द्रका राजबहादुर बोगटी र सोही पार्टीका ५ नम्बरमा मंगल नेपाली निर्वाचित भएका छन् ।
ताँजाकोट गाउँपालिकामा वैशाख ३० गते बेलुकाबाट मतगणना कार्य भएर आइतबार बेलुका मात्र सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?