सलमानको प्रि-कन्सर्ट ठमेलमा हुने

Read Time = 2 mins

काठमाडौं । बलिउड अभिनेतासहित बलिउडका अन्य कलाकारको टिमले आगामी जेठ १४ गते काठमाडौंमा भव्य कन्सर्ट हुनुहुन्छ । उक्त कन्सर्ट अगाडि नै ‘द ब्याङ रिलोडेड टूर’को सुरुवात ठमेलको एलओडी क्लबबाट सुरु हुनेभएको छ ।

सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दशजना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका हुन् । उहाँहरूले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । नेपाली कलाकार सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुवानी मोक्तान, सञ्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेशकुमार श्रेष्ठ र समीर श्रेष्ठले प्रस्तुति दिनु हुनेछ ।

एलओडीमा हुने कन्सर्टको टिकट मूल्य पाँच हजार रूपैयाँ राखिएको छ । सो टिकट खरिद गरेपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा पनि भाग लिन पाइने भएको छ । बलिउड स्टार खानको दशरथ रंगशाला कन्सर्टको सुरुआत दिउँसो १२ बजे डिजे प्रस्तुतिसँगै थालनी हुनेभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?