विद्यालयलाई एभरेष्ट बैंकको सहयोग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले दुधौली नगरपालिका ४ सिन्धुलीस्थित सरस्वती माध्यमिक विद्यालय डकाहालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले एक कार्यक्रमबीच विद्यालयलाई खानेपानी व्यवस्थाका लागि एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई उक्त रकम प्रदान गर्नुभएको थियो । कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?