रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती

Read Time = 1 min

मस्को । आठ रुसी टीयु-२२एम, ३ लामो दूरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकु प्रशिक्षणका निम्ति उडान गरेका छन् ।

रुसी रक्षा मन्त्रालयले बुधबार जनाए अनुसार मिसनका क्रममा टीयु-२२एम, ३ ले रुसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगका लागि अन्तर्राष्ट्रिय नियमहरूको कडाइका साथ पालन गरेको बताइएको छ ।

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ । यो कार्यक्रम ‘समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने’ उद्देश्यले अप्रिल १४ मा सुरु गरिएको थियो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?