गायक राजु लामाद्वारा सगरमाथाको सफल आरोहण

Read Time = 1 min

काठमाडौं । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहनुभएका उहाँसहितको टोलीले सोमबार सफल आरोहण गरेको हो ।

गायक लामासहित २७ जनाको टोली सोमबार (२०२२ मे १६) बिहान ४ बजेदेखि ६ः४० मिनेटको अवधिमा ८८४८.८६ मिटर अग्लो समगरमाथाको चुचुरोमा पुगेको इम्याजिन नेपालले जानकारी दिएको छ । मिङ्मा जी को नेतृत्वमा नेपालबाट नेपाल, अष्ट्रेलिया, पाकिस्तान, चीन, रूस, थाइल्याण्डगरी जम्मा ६ देशका नागरिकले सगरमाथा आरोहण गरेका हुन् ।

जसमध्ये आरोहण नेतृत्व लिएका मिङ्माले विना अक्सिजन सफल आरोहण गरेको बताइएको छ । आरोहणकै क्रममा क्याम्प २-३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल सांगीतिक प्रस्तुति पनि दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?