काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले पहिलोपटक संस्थागत परामर्श सेवाअन्तर्गत बिजनेस कन्सेप्ट टु लिस्टिङ सेवा सुरु गरेको छ । उक्त सेवाका लागि एपेक्स मल्टिप्लेक्स प्रालि र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै क्यापिटलले एपेक्स मल्टिप्लेक्सलाई आइपिओ निष्काशन गर्न आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।
क्यापिटलले सोही सेवाअन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यावसायिक अवधारणालाई नेपाली व्यावसायिक वातावरणमा स्थापित गराउने योजनासहित संस्थागत परामर्श, लगानी प्रवद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्य अघि बढाउनेछ भने निकट भविष्यमा प्राइभेट इक्विटी/भेन्चर्स क्यापिटल (पिइ/भिसी) सम्बन्धी कार्य गर्ने योजना रहेको जनाएको छ ।
साथै पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदा रेगुलेटरी फ्रेमवक्र्सअन्तर्गत प्रबन्धपत्र, नियमावलीलगायत अन्य कागजात तयार गर्ने तथा व्यावसायिक लगानीकर्ता खोज्न सघाउ पुर्याउने कार्य गरिने क्यापिटलले जनाएको छ । त्यसैगरी बिजनेस कन्सेप्ट टु लिस्टिङ सेवाअन्तर्गत व्यावसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवालगायतका सम्पूर्ण कार्यमा मर्चेन्ट बैंकरका रूपमा सघाउ पु¥याउन सहकार्य गर्नेछ । क्यापिटलले क्रिस्टल पावर डेभलपमेन्ट प्रालिलाई निकट भविष्यमै सर्वसाधारणमा सेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि