पाँच महानगर पालिकामा सत्ता गठबन्धनको निरन्तर अग्रता, काठमाडौंमा बालेन दोब्बर मतले अगाडि

नारायण भण्डारी
Read Time = 11 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । स्थानीयतह चुनाव २०७८ को मतपरिणाम आउने क्रम जारी छ । धेरैको चासो रहेको ६ महानगरपालिकाको मतगणना जारी छ । सोमबार राति यो समाचार तयार पारुन्जेलसम्म गरिएको गणना प्रारम्भिक चरणमै छ । ६ महानगरपालिकामध्ये दुई वटामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ललितपुर र विराटनगर महापालिकामा अग्रता लिएका हुन् । तीव्र प्रतिस्पर्धा हुँदै आएको भरतपुर महानगरपालिकामा यो समाचार तयार हुने बेलामा अहिले एमाले उम्मेदवारले झिनो मतको अग्रता लिएका छन् ।

यता मुलुकको राजधानी काठमाडौंको मतपरिणाम पनि निकै रोचक बनिरहेको छ । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ । ११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको वडा नम्बर १७मा जेठ ३ गते चुनाव हुने भएको छ । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो । अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैयामा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । यद्यपि मतगणना गर्न निकै बाँकी रहेकाले अहिले नै नतिजाको आँकलन गर्न सहज भने छैन ।

काठमाडौं महानगरपालिका स्वतन्त्रउम्मेदवार बालेन साहले ८,४२० मतल्याएर अग्रता लिइरहनु भएको छ भने एमालेका केशव स्थापितले ४,४३६ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको छ । उता पोखरा महानगरपालिकामा पनि सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका धनराज आचार्यले ५,७४८ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाले ५,०७८मत प्राप्त गर्दै उहाँलाई पछ्याइ रहनुभएको छ । भरतपुर महानगरपालिकामा पनि एमालेका विजय सुवेदी र गठबन्धनकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै जनाले बेला बेलामा अग्रतालिँदै एक अर्कालाई उछिन्ने क्रम पनि चलिरहेको छ । जसअनुसार यो समाचार तयार हुने बेलाको तथ्यांक अनुसारमा ओवादीकी रेणु दाहालले ५,३८२ मत ल्याएर अग्रता लिनुभएको छ भने एमालेका विजय सुवेदीले ५,३६७ मतका साथ पछ्याउँदै हुनुहुन्छ । उता ललिलतपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई दोब्बर मतका साथ जिति रहनुभएको छ ।

महर्जनको ५,६२६ मत आउँदा व्यञ्जनकारको पक्षमा २,०७८ मात्र पुगेको छ । उता वीरगञ्ज महानगरपालिकमा गठबन्धबाट उम्मेदवार बन्नुभएका जसपाका राजेशमान सिंहले ५,१३३ मतका साथ अग्रता लिइरहनुभएको छ भने एमालेका विजयकुमार सरावगी २३०६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उत्तिकै चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालालाई सुरुदेखि नै अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म ६३,४३ मत पाउँदा एमालेका थापको ४,८३३ मत पुगेको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेमकर्ण पौडेल ६,००२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइ रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का यामकुमार चुंगवाङ सुब्बाले ४,५९३ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ५,०६९ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्ट ३,७७९ मतसहित पछ्याइ रहनुभएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई २,५५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । राईलाई पछ्याइ रहनुभएका स्वतन्त्रका हर्कराज राईले १,६५९ मत ल्याउनुभएको छ । उमपेयरमा माओवादीका अइन्द्र विक्रम बेघा २,८२७ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले २,०१७ मतसहित पछ्याइ रहनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २,६३६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शिवशंकर साहले १,०४९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसकी किशोरी साह २,१२५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई रुणादेवी झाले १,१२५ मतसहित पछ्याइ रहनुभएको छ ।

बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह ४,८४८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका राजेशराय यादवले २,९७९ मतसहित पछ्याइ रहनुभएको छ । त्यस्तै उपमेयरमा जसपाका प्रमोदकुमार गुप्ता ३,७८३ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेका रौशन परविनले ३,१२४ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल १०,०३१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइ रहनुभएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले ७,६३० मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा कांग्रेसकी मेघा शाही ८,३३९ मतसहित अगाडि रहँदा एमालेका भोलाप्रसाद अधिकारीले ७,६७० मतसहित पछ्याइ रहनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले २,८५५ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा राप्रपाका दीपकबहादुर सिंहले ४,९३० मतप्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका (एमाले)का अनन्तप्रसाद पौडेलले ४,३८७ मत ल्याउनुभएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया४,४२१ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी सुमित्रा काफ्ले ३,२९५मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

बुटवल उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ५,७३७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले ४,४६९ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल ४,४८९ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३,१६६ मतसहित पछ्याइ रहनुभएको छ ।

दाङको घोराही उपमहानगर पालिकाको मेयरमा एमालेका नरुलाला चौधरी १५,०३५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रका हेमराजशर्मा पोख्रेल १३,१२५ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसीले १४,६१९ले अग्रता लिइरहनुभएको छ भने कांग्रेसका भुपबहादुर डाँगी १४,३५३ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । दाङका दुई उपमहानगर पालिकामध्ये अर्को तुलसीपुरमा अहिलेसम्म मतगणना सुरुभएको छैन ।

नेपालगञ्ज उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट ६,६८७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । विष्टलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपतिदयाल मिश्राले ३,५९३ मत ल्याउनु भएको छ । उपप्रमुखमा जसपाका कमरुद्दीन राई ५७१६ मतका साथ अग्रता लिइरहनु भएको छ भने राप्रपाकी बिन्दु चर्ति मगरले ३३७७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उता, धनगढी उपमहानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ४९६४मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइ रहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले २,५९१ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी २२७३ मतसहित अगाडि हुनुहुन्छ भने एमालेकी कन्दकला कुमारी राना २०९४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?