काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँका दरले च्यांग्र्रा बिक्री गर्ने भएको छ । दशैँका लागि ल्याइएका तर बिक्री हुन नसकेका च्यांग्राको बिक्रीका लागि कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै प्रस्ताव आहृवान गरेको हो ।
स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने बताइएको छ ।
बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोलदर प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँ निर्धारण गरिएको छ । दरभाउपत्र पेश गर्ने म्याद आगामी पुस १ गते दिउँसो १२ बजेसम्म रहेको छ भने दरभाउपत्र सोही दिन दिउँसो २ बजे खोलिने सूचनामा उल्लेख छ । हाल ३० केजीभन्दा बढीका ९० वटा च्यांग्रा बाँकी रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच