जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

Read Time = 2 mins

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी हुनु भएको छ । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी हुनु भएको हो ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिनुभएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी हुनुभयो । घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गर्नुभयो ।

समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित हुनु भयो। उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना १७ मत, विष्णुमाया थपलिया १७ मत र सुमित्रा थिङ १७ मत निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले ३ मत ल्याउनु् भयो

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी) का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित हुनुभयो । दलित समस्यमा उनको मात्रै उम्मेदवारी परेको थियो । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का वीरेन्द्रकुमार लामा १६ मत, नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी १७ मत र सुवर्ण गोपाली १७ मत विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गर्नुभयाे।

वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसंगै हेटौंडा उपमहानगरपालिकामा माओवादीे वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?