काठमाडौं । नेपालमा स्थानीय वायु, न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव कायमै छ । जसले गर्दा लामो समयसम्म पनि मौसममा सुधार आउन सकेको छैन । जसका कारण अहिले दिनहुँ बर्षा भईरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहानीपख सबै ठाउँमा मौसम सामान्य रहेपनि दिउँसोदेखि वदली हुने र साँझतिर पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल