काठमाडौं । ललितपुर र काठमाडौं पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा ग्लोबल प्रतियोगितामा पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् । राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७-९ गोलले पराजित गर्यो । काठमाडौं तेस्रो भयो ।
बाग्डोलस्थित काठमाडौं फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई ५-० गोलले हरायो । दुवै समूहका विजेता र उपविजेताले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा तेस्रो भएको काठमाडौंले पाँच हजार नगद पुरस्कार पायो ।
विजेतालाई राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरे, ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेलको स्पर्धा समावेश गरिएको छ । जेठ १५ गतेसम्म बाँकी ११ खेलका प्रतिस्पर्धा सम्पन्न हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बास्तोलाले जानकारी गराउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल