बैंगलोरको प्लेअफ सम्भावना कायमै

Read Time = 1 min

काठमाडौं । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपिएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ ।

बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।

यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो ।

गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ ।

जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?