पठाओको निःशुल्क फुड डेलिभरी अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रेस्टुरेन्टको दाममा घरमै खाम भन्ने नाराका साथ पठाओ नेपालले निःशुल्क फुड डेलिभरी सुरु गरेको छ । बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डर निःशुल्क डेलिभरी सुरु गरेको हो । पठाओले सेप्टेम्बर २४ मा पाँचौँ वार्षिकोत्सव मनाउँदैछ ।

वार्षिकोत्सवलाई लक्षित गर्दै कम्पनीले निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिनुभयो । यस महिना अरू पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजेदेखि राती ३ बजेसम्म फुड डेलिभरी गर्दै आएको कम्पनीले मध्यरात १२ बजेदेखि तीन बजेसम्म अवधिको फुड डेलिभरीमा भने एक सय ५० रुपैयाँ शुल्क लिनेछ ।

गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम गरेको थियो । फुड फेस्टबाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफर ल्याएर सेवाग्राहीलाई विभिन्न छुट दिइरहेको छ ।

सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । सन् २०२१ जुन १३ देखि ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ बजार पनि सुरु गरेको कम्पनीले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?