डा.गौरीशंकर लाल दासलाई नागरिक अभिनन्दन

सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ‘दिव्य शताब्दी पुरुष’ दिव्य शताब्दी पुरुष डा.गौरीशंकर लाल दासलाई नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदरस्वरूप नागरिक अभिनन्दन गरिएको हो ।

राष्ट्रियसभा गृहमा मंंगलबार आयोजित अभिनन्दन समारोहमा उहाँलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्नुभएको हो । उक्त अवसरमा डा.दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको संगालो पुस्तक पनि लोकार्पण गरिएको थियो । वरिष्ठ छाती रोग विशेषज्ञ डा.लाल दास हाल एक सय वर्षमा हुनुहुन्छ ।

अभिनन्दन मूल समारोह समितिका संयोजक शंकरप्रसाद कोइरालाले पाको उमेरमा पनि सामाजिक अभियन्ताको रूपमा सक्रिया डा.दास प्रेरणाको स्रोत भएको बताउनुभयो । कार्यवाहक प्रधानमन्त्री खड्काले दिव्य शताब्दी पुरुष डा.दासलाई सरकारले सम्मान गर्ने बताउनुभयो । उहाँले मूल परामर्श समितिसँग समन्वयगरी सम्मान गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने जानकारी गराउनुभयो हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रिपरिषद्बाट उहाँको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर समग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको बताउनुभयो । ‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मानका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ ।

त्यसलाई हामी मूल परामर्श समितिसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्री समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ’, कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो । उहाँले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरूको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताउनुभयो ।

सेवा निवृत्त उहाँ अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रिय रूपमा सामाजिक अभियन्ताका रूपमा कार्य गर्दै आउनुभएको छ । समारोहमा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस महामन्त्री गगन थापा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?