मुगुमा जिप दुर्घटना, आठ जना घाईते 

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । सोरु गाँउपालिका केन्द्र सोरुकोट जिल्ला सदरमुकाम गमगढी तर्फ आउदै गरेको जिप दुर्घटना भएको छ ।

शुक्रबार विहान सोरुकोटबाट गमगढीका लागी छुटेको लु १ ज ४८१० नम्बरको जिप विहान ८ बजे सोरु गाँउपालिका-६ कच्चेकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराउनु भयो ।

जिप दुर्घटनामा गम्भिर घाइते भएका चालक धन कर्ण मल्ललाई नेपालगन्ज रिफर गरिएको र अन्य घाइतेहरु आशा शाही, बसन्ति शाही, प्रेम बहादुर मल्ल, लक्ष्मण शाही, एडिसन शाही र बिवस शाहिकाे जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको र घाइते ८ जना मध्ये एक जना सामान्य घाइते यात्रु घटना स्थलबाटै आफ्नो घर फर्केको पनि प्रहरी नायव उपरिक्षक थापाले बताउनु भयो ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट उत्तर दक्षिण १९ किलोमिटर सडक दुरीमा रहेको र जिपको व्रेक फेल हुँदा जिप सडकबाट ३० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

गमगढी-तारापानी सडक फराकिलो र सुरक्षित संरचना नहुँदा मुगु जिल्ला भित्र रहेका सबै सडक भन्दा यो सडकमा बढी यातायातका साधन दुर्घटना हुने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?