हिमालय एयरलाइन्सकी डंगोल सगरमाथामा

Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालयकी उडान परिचारिका डंगोलले सगरमाथा आरोहण गर्नुभएको हो । २०२२ मे २० मा डंगोल सकुशल काठमाडौं फर्कनुभएको र उहाँलाई गैरीधारास्थित मुख्य कार्यालयमा हिमालय परिवारले स्वागत गरेको थियो ।

एयरलाइन्सद्वारा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष झो एन्योङ्गर हिमालय टोलीले डंगोललाई स्वागत गरेको थियो । टोलीलाई बधाई दिँदै उहाँले भन्नुभयो, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । डंंगोल हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुशी छौं । यस परियोजनामा धेरै जोखिम र चुनौती थिए र म हरेक दिन उहाँको सुरक्षाका लागि चिन्तित थिएँ तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ ।’

हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एयरलाइन्स एभरेस्ट एक्सपिडिसन बाई बाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो । सोहीअन्तर्गत एयरलाइन्सले उडान परिचारिका डंगोलसाथ सर्वोच्च शिखर आरोहणमा जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?