काठमाडौं । यति एयरलाइन्सले क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क दिने भएको छ । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।
एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले बताउनुभयो । विष्टका अनुसार निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीले पाउनेछन् । बिराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यस्तो योजना ल्याइएको हो ।
अस्पतालका विशेषज्ञ चिकित्सकले कागजातका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र÷परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले बताउनुभएको छ । यात्रुले विमानस्थलमा चेक-इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच