दुरबिन प्रविधिबाट बागलुङमा पहिलो पटक शल्यक्रिया

Read Time = 3 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको धौलागिरी अस्पतालको स्तरोन्नतीसँगै सेवा सुविधाहरू पनि थप हुँदै गएका छन् । सामान्यदेखि जटिल प्रकारका रोगहरूको पनि उपचार र चेक जाँच हुँन थालेपछि धौलागिरीवासीलाई सहज भएको छ । आधुनिक प्रविधिको विकास र प्रयोगमा ल्याउन थालेपछि यहाँ पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ ।

दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको छ । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले ति महिलाको शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा आचार्यले बताए । ‘हामीले प्रयास गरेका थियौँ, पहिलो प्रयासनै सफल भएपछि हामीलाई पथ काम गर्न उर्जा मिलेको छ’ डाक्टर आचार्यले भन्नुभयो ।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु नपर्ने भन्दै यस प्रबिधिको प्रयोबाट उपचार गर्दा बिरामी निको हुन धेरै समय नलाग्ने उनको भनाइ छ । ‘यस प्रबिधिको प्रयोग गरि उपचार गर्दा पेटमा ठूलो घाउ पानु पर्दैन, यसले गर्दा बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटो छरितो हुने हुन्छ, यसरी उपचार गर्दा जोखिम पनि निकै कम हुन्छ डाक्टर आचार्यले भन्नुभयो ।’

डाक्टर केशव आचार्य, सजिन कुँवर, प्रज्ज्वल पौडेल, गणेश वन र नर्स शर्मिला शर्मा सल्यक्रियामा खटिनुभएको थियो । उहाँहरू भन्नुहुन्छ, ‘यहाँ पहिलो पटक यो विधिबाट उपचार सुरु गरेका हौँ, हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएनन्, नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुन्छ कि भन्ने लागेको थियो, तर हामी सफल भयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?