भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे ।
गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गर्नुभएको छ । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि हुनुहुन्छ  ।
मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गर्नुभएको छ । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?