सुनको मूल्य बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । मंगलबारको बजार भाउ तय गर्दै महासङ्घले सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

मंगलबार सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घले म‌गलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?