धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनु भएको छ ।

उहाँले २० हजार ८२१ मत ल्याएर विजयी हुुनु भयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी हुनु भयो । उहाँले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?