साउनमा आउँदै ‘लुङा’

Read Time = 3 mins

काठमाडौं । लिम्बू संस्कृतिमा निर्माण भएको चलचित्र ‘लुङा’को फष्र्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता ज्योतिराज राईको व्यानर भूमिसा प्रोडक्सनले निर्माण गरेको यो चलचित्र साउन ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । राई लिम्बू कल्चरलाई विशेष महत्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताउनुभयो । सार्वजनिक फष्र्टलुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ । बुद्धि तामाङ, भुवनसिंह राई र सारा लोहोरुङ राई पोष्टरमा अटाइएको छ ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल/मनिशा पाठक/मेनुका घिमिरे/कैलाश राई/टि आर साम्सोहाङ सहनिर्माता रहनुभएको छ । पूर्वमा छायांकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्मि, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ ।

भुमिसा प्रोडक्सनसँग इष्टन मिडियाको सहकार्य रहेको यो चलचित्रमा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको शृंगार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको रहेको छ ।

चलचित्रको निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन विमल लिम्बू र निशान लुइँटेलको छ । भुवन सिंह राईले लेखेको कथालाई भुवनसिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्वाद लेख्नुभएको छ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्रलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौंबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?