कोन्ज्योसोम नवनिर्वाचित अध्यक्षको घोषणा: वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभयो ।

उहाँका अनुसार प्रत्येक वडाको सिफारिसमा गाउँपालिकावासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन लान गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। अध्यक्ष लामाले गत ६ जेठ शुक्रबार नै जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?