ग्लोबल आइएमईको हृयाप्पी आवर्स

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’बाट गरिने भुक्तानी प्रवद्र्धनका लागि क्यासब्याक योजना ल्याएको हो ।

योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकले क्यासब्याक पाउनेछन् । २०७९ चैत १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेषरूपमा चल्ने योजनामा प्रतिग्राहक प्रतिदिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?