रेसुंगामा नगरप्रमुख पन्थी र वडाअध्यक्षबीच बैठक, संकल्प अक्षरस पालना गर्ने अठोट

Read Time = 4 mins

-रमेश विश्वकर्मा
गुल्मीे । गुल्मीको रेसुंगा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र वडाअध्यक्षहरु बीच बैठक बसेको छ ।

सोमबार नगरप्रमुख र १४ वटै वडाका वडाअध्यक्षहरु बीच नगरप्रमुख खिलध्वज पन्थीको कार्यकक्षमा बैठक बसेको हो । बैठकमा पन्थीले आफुहरुले तय गरेको ‘सबल स्थानीय सरकारःसमुन्नत रेसुंगा नगर’ भन्ने नारालाई साकार पार्ने गरी विकास गर्न सबै वडाअध्यक्षहरुलाई निर्देशन दिनुभयो । ‘हामी रेसुंगा नगरपालिकालाई सुन्दर र समुन्नत नगरपालिका बनाउने गरि आएका छौं ।’

नगरप्रमुख पन्थीले भन्नुभयो, ‘इन्द्रेणीको सात रङ्ग जस्तै विकासका सात सूचकले श्रृङ्गार्न चाहन्छौं ।’ संकल्प पत्रमा जनता समक्ष गरेका संकल्पहरुलाई अक्षरस पालना गर्ने अठोट गरेको स्मरण गर्दै जनता समक्ष गरेका वाचा पूरा गरेरै छाड्ने उहाँले बताउनुभयो ।

उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाअध्यक्षहरु सहितको संयुक्त बैठकमा मुस्कान सहितको सेवा पुर्याउन निर्देशन दिनुभयो । कुनै पनि आग्रह-पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउँदै धेरै सुन्ने थोरै बोल्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यअवधिमा असल जनप्रतिनिधिको चरित्र धारण गरी उदाहरणीय रुपमा प्रस्तुत हुने बताउनुभयो ।

सोही अवसरमा नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरि पर्यटन पूर्वाधारमा लगानी बढाउने समेत बताउनुभएको छ । कार्यभार समाल्दै नगरप्रमुख पन्थीले रेसुंगा क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो ।

उहाँले ग्रीनसिटी तथा स्माट सिटिको अवधारणालाई मूत रुप दिने समेत बताउनुभयो । ग्रीनसिटि तथा स्माट सिटिको अवधारणलाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने बताउँनुभयो । उहाँले हाल निर्माणधिन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताउनुभयो ।

बैठकमा नवनिर्वाचित वडाअध्यक्षहरुले आ–आफ्नो वडाको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँहरुले शिक्षालाई प्राथमिकता साथ उठाउनु भयाे । साथै विपन्न परिवारलाई स्वाथ्य बीमामा जोड्नुपर्ने, विद्युतका पोलहरुलाई व्यवस्थित गर्नुपर्ने लगायतका महत्वपूर्ण विषयमा आऔआफ्नो वडाको वस्तुस्थितिका विषयमा जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?