सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

आजको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने तयारी गरिएको छ । बुधबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको खाका पेस गर्नुहुनेछ ।

यसअघि सोमबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।

तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?