हुण्डाई इभीमा एक्सचेन्ज अफर

Read Time = 2 mins

काठमाडौं । अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक भन्ने नारासाथ नेपालस्थित हुुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीमा आकर्षक एक्सचेन्ज अफर ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुण्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् । एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख कायम गरिएको छ, जुन हालसम्मकै मूल्यांकनमा सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालका विद्युतीय सवारीसाधनमा हुण्डाई इभीहरू अग्रपंत्तिमा रहेका छन् ।

प्रतिस्पर्धात्मक विद्युतीय सवारीसाधनको बजारमा हुण्डाईले फ्युचरिष्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । एक्सचेन्ज अफर नेपालभरका हुण्डाई शोरुममा उपलब्ध रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?