जजिरा एयरवेजसँग पर्यटन बोर्डको सहकार्य

Read Time = 2 mins

काठमाडौं । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एयरवेजले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । जजिराले यही जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान गरेलगत्तै बोर्डले मध्यपूर्वका पर्यटकलाई नेपाल ल्याउने रणनीति अघि सारेको छ ।

जजिराले नेपालमा उडान गर्दा मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै सो क्षेत्रबाट नेपालमा पर्यटक ल्याउन सकिने जनाएको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जजिराको उडानले मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै सो क्षेत्रबाट पर्यटक ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले लुम्बिनीसँगै चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहललगायत क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न सकिने भन्दै पर्यटन प्रवद्र्धनका लागि जजिरासँग सहकार्य गरेर अगाडि बढ्न बोर्ड तयार रहेको जानकारी दिनुभयो ।

जजिराका नेपाल तथा बंगलादेश एरिया म्यानेजर अर्जित गाँगुलीले नेपाली श्रमिकसँगै नेपालमा मध्यपूर्वका पर्यटक आगमनको पनि पर्याप्त सम्भावना रहेकाले बोर्डसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?