भारत सरकारको अनुदानमा पोखरामा विद्यालय भवन

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । भारत सरकारको अनुदानमा कास्कीको पोखरा महानगरपालिका-१३ ढाँडबेंसीमा रहेको आर्वा विजय माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

यो कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरूप भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६३ लाख रुपैयाँ लागतमा यो विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिविम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिविम्बित गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?